२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

अज्ञात रोगले २४ भेडा मरे, तिला ५ का किसान चिन्तामा

shivam cement
दिलमाया शाही
२०८१ मंसिर १५ गते २१:१३
Shares
अज्ञात रोगले २४ भेडा मरे, तिला ५ का किसान चिन्तामा

जुम्ला : अज्ञात रोगले भेडा धमाधम मर्न थालेपछि जुम्ला तिला ५ का किसान चिन्तित बनेका छन् । 

तिला गाउँपालिका ५ ढिम्कोटमा कणवीर शाही र उनका छोरा हरिबहादुर शाहीका भेडा भकाभक मर्न थालेपनि चिन्तित बनेका हुन् । भेडा किसान कर्णवीर शाहीका अनुसार जाजरकोटको छेडागाड नगरपालिका ७ नम्वर वडाको पौँजा भन्ने ठाउँमा चरिचरणका लागि जुम्लादेखि लगेका थिए ।

‘३ दिनभित्र २४ वटा भेडा मरिसके । बिरामी भेडाको मुखबाट र दिसा पिसाव गर्ने ठाउँबाट रगत निस्कने गरेको छ’ उनले भने, ‘हरिबहादुर र मेरा गरी २४ भेडा मरिसके । अब हामीसँग जम्लामा २६ वटा भेडा छन् ।’ बाँकी रहेका भेडालाई बचाउन सरोकारवालासँग उनले हारगुहार गरेका छन् । उनले रगत निस्किएको एकघण्टाभित्रै भेडा मर्ने गरेको बताए ।

तिला ५ का वडाध्यक्ष ललित बहादुर शाहीका अनुसार विपन्न घरपरिवारलाई माइथाप्ला भेडा पकेट कार्यक्रमले दिएको हो । उक्त कर्यक्रममार्फत अघिल्लो वडा सरकार र अहिलेको वडा सरकाले उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि भेडा वितरण गरेको थियो । उनले भने,‘केही भेडा हामीले दिएका हौँ । अरु भेडा कणबीर शाहीले आफ्नै लगानीमा खरिद गर्नु भएको थियो । म जनप्रतिनिधिको हिसाबले बाँकी रहेका किसानका भेडाको उपचारको लागि सम्बन्धित निकायसँग पहल गर्नेछु ।’

त्यस्तै पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रबहादुर बुढथापाले जाजरकोटको पशु अस्पतालका प्रमुख कपिल प्रसाद उपाध्यायलाईलाई तत्काल खबर गरेको बताए । उनले भेडा किसान र त्यहाँका प्रमुखसँग फोन भइसकेको बताए । उनले भने,‘किसानका भेडा बचाउन सबै निकायसँग पहल गर्न थालेको छु ।’ उनले भेडा राखेको ठाउँमा आवश्यक चिकित्सकको टोली पठाइ भेडामा लागेको रोग पहिचान गर्ने बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर