२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

न्याय खोज्दै काठमाडौं आइपुगे दलित परिवार 

ADV
मध्यान्ह
२०८१ असार ९ गते २१:५६
न्याय खोज्दै काठमाडौं आइपुगे दलित परिवार 

काठमाडौं : सप्तरीमा भएको दलित परिवारमाथि यादव समूहको सांघातिक आक्रमणको बचाउमा जनमत पार्टीका मधेश प्रदेश संसदीय दलका नेता महेश यादव लागेको परिवारले आरोप लगाएको छ । आइतबार क्रान्तिकारी दलित राजनीतिक संगठनले काठमाडौंको संवाद डबलीमा आयोजना गरेको कार्यक्रममा दलित संगठनले समेत सो कुराको दाबी गरेका छन् ।

पीडित रञ्जित कुमार पासवानले हरिसुदन यादवको नेतृत्वमा १०–१२ जनाको हतियारधारी समुहले आक्रमण गरेर आफूसहित ६ जनाको परिवारलाई गम्भीर घाइते बनाएको बताएका छन् । ठाउँकोमा १४ टाका लगाएर पत्रकार सम्मेलनमा उपस्थित भएका पासवानले प्रश्न गरे, ‘हामी दलितको कोखबाट जन्मनु अपराध हो सरकार, हामी गरिब र होचा निमुखाको कहिल्यै दिन आउँदैन ।’ अक्रमण भएलगत्तै  प्रहरीकहाँ पुग्दा पनि उसले कुनै प्रतिक्रिया नदिएको बताउँदै ९ दिनसम्म जाहेरी नलिएको र उल्टै आफूरुलाई फसाउन जनमत पार्टी नेता महेस यादव लागेको पासवानले आरोप लगाए । पासवानले न्यायका लागि काठमाडौं पुगेर हल्ला गरे थप आक्रमण गर्ने धम्की आउन थालेको पत्रकार सम्मेलनमा बताए ।

एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दर्शन कुमार नेपालीले सप्तरीमा दलित पासवान परिवारमाथि सांघातिक आक्रमण गर्ने यादव समुहमाथि हदैसम्मको कारबाही गर्न माग गरेका छन् । संयोजक नेपालीले घरेलु हातहातियार प्रयोग गरेर घाइते पीडितहरु प्रहरीकहाँ जाँदा उजुरी नलिनु पनि घोर पराध भएको जिकिर गर्दै भने, ‘सिडियो साब र प्रहरी प्रमुख तपाईहरु पीडकको पक्षमा कि पीडितको पक्षमा हो ।’नेपाल राष्ट्रिय दलित केन्द्रका अध्यक्ष उपेन्द्र कुमार छटुन्जेलले पीडित पासवान परिवारलाई यादव समुहले घरेलु हातहतियारको प्रयोग गरी सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइको बताए । 

नेपाल राष्ट्रिय दलित केन्द्रका महासचिव राजकुमार पासमानले जनमत पार्टी मधेश प्रदेशको संसदीय दलको नेता महेस यादवको दबाबमा ९ दिनदेखि जाहेरी दर्ता गर्न नदिएको आरोप लगाए । पासमानले पीडित परिवारका ६ जनामध्ये ४ जना गम्भीर घाईते भएको र उनीहरुको आर्थिक अवस्था कमजोर भएको कारण उपचारको व्यवस्था पनि नभएको बताए ।

संयुक्त दलित अधिकार मञ्च–नेपालका कार्यवहाक संयोजक  सुजन साहशंकरले जात व्यवस्थाको आवरणमा निरन्तर नेपाली समाजमाजमा घटना घटिरहेको बताए । उक्त पत्रकार सम्मेलनमा जात व्यवस्था उन्मुलन मोर्चा नेपालकी अध्यक्ष मण्डल  सदस्य शान्ति गजमेरले पीडितमाथि भएको आक्रमणको घोर भत्र्सना गर्दै पीडकलाई हदैसम्मको कारबाही र क्षतिपूर्तिको माग गरेकी थिइन् । 
 

ADVADV

सम्बन्धित खबर

Advertise