२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

लम्कीकाे खानेपानी समस्या समाधान गर्छौं : मन्त्री यादव

Nada
२०८१ पुष २४ गते १४:३०
Shares
लम्कीकाे खानेपानी समस्या समाधान गर्छौं : मन्त्री यादव

कैलालीः खानेपानीमन्त्री प्रदीप यादवले कैलालीको लम्की क्षेत्रमा खानेपानीका समस्या समाधान गर्ने बताएका छन् । बुधबार कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका स्थित लम्कीचुहा सहलगानी खानेपानी आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले उक्त आयोजना सम्पन्न भए यस क्षेत्रमा खानेपानी सम्बन्धिका सबै समस्या समाधान हुने बताए।

ncell

उनले भने,नगरिकलाइ सुद्ध पानी वितरण गर्ने सरकारको प्रमुख लक्ष र उदेश्य हो । लम्कीमा निर्माण भैरहेको खानेपानी आयोजनाले यहाँका नागरिकको खानेपानीको समस्या समाधान गर्ने छ ।’ 

मन्त्री यादवले सुदूरपश्चिममा खानेपानीका क्षेत्रमा देखिएका समस्या पूर्ण रुपमा समाधान गरिने समेत बताए । उनले भने,‘सरकारको एक घर एक धाराको अवधारणा अनुसार मन्त्रालय विभिन्न खानेपानी आयोजनाको क्षेत्रमा काम गरिरहेको छ । सुदूरपश्चिमका नागरिकका खानेपानीका समस्या समाधान गरेरै छोड्छौं ।’ 

चुरे दोहन तथा जलवायु परिर्वतनका कारण पानीका मुहानहरु सुक्दै जान थालेकाले तराई लगायतका क्षेत्रमा भूमिगत पानी सुक्न थालेको एवं चापाकलमा समेत पानी आउन बन्द हुँदा नागरिकलाई पानीको समस्या झन थपिँदै गएको उनको भनाइ थियो । तराई क्षेत्रमा भुमिगत पानी संरक्षण गर्नका लागि चुरे दोहन गर्ने कार्य यथासक्के रोक्नु पर्ने मन्त्री यादवले धारणा राखे । 

ताजा खबर

सम्बन्धित खबर