२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

सुनसहित एक जना पक्राउ

shivam cement
सपना बोहरा
२०८१ माघ २७ गते २२:०७
Shares
सुनसहित एक जना पक्राउ

दाङ : दाङमा सुनसहित एक जना पक्राउ परेका छन । घोराही उपमहानगरपालिका–१५ मिलन चोकका २५ वर्षीय रन्जित रसाइलीलाई जिल्ला प्रहरी कार्यालय दाङको टोली शुक्रबार साँझ पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । 

रसाइलीबाट दुई थान सिक्री र एक थान सुनको डल्ला गरी ४९७.०४ ग्राम सुन बराबद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । 

अवैध सुन ओसारपसार गरेको सूचना पाएपछि उनी सवार लु ४६ प ६१६१ नम्बरको मोटरसाइकलमा तलासी गर्दा उक्त सुन फेला परेको शाहले बताए । उनका अनुसार  रसाइलीबाट १ लाख ७ हजार ८ सय रुपैयाँ पनि बरामद भएको छ ।

सम्बन्धित खबर