२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

रुकुम पूर्वको सुर्पा गाउँमा बल्यो बिजुली

himalayanlife
२०८१ फागुन १ गते १५:१०
Shares
रुकुम पूर्वको सुर्पा गाउँमा बल्यो बिजुली

रुकुम पूर्व : रुकुम पूर्वको स्याला सुर्पा गाउँमा  बिजुली बत्ती बलेको छ । भूमे गाउँपालिका–६ मा पर्ने स्याला सुर्पा गाउँमा पहिलो पटक नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको हो ।

अहिलेसम्म पनि बिजुली नपुगेको उक्त गाउँमा ५० केभीएको ट्रान्सर्फमर जडान गरी करिब ६० वटा घरधुरीमा बत्ती बाल्न सफल भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रुकुम पूर्वका कार्यालय प्रमुख प्रमोद खनालले बताए ।

गाउँपालिका–८ कोर्जामा बत्ती भरपर्दो नभएपछि सोही ट्रान्सर्फमरबाटै करिब १ सय घरधुरीलाई पुग्ने गरी लाइन विस्तार गरिएको छ । गाउँमा बत्ती बलेपछि स्थानीय खुसी भएका छन् । 

पछिल्लो समय रुकुम पूर्वको विभिन्न गाउँहरूमा नेपाल विद्युत प्राधिकरणको लाइन विस्तारको काम भइरहेको भए पनि ईआईबी आयोजना अन्तर्गत सालासार र इथोस कम्पनीहरूले काममा ढिलासुस्ती गर्दा सबस्टेशन तथा विद्युतको लाइन विस्तारको काममा ढिलाइ भइरहेको छ ।
 

सम्बन्धित खबर