२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

गुल्मीमा हेलिप्याड र पिसपार्क उद्घाटन

hardik ivf
मध्यान्ह
२०८१ फागुन १ गते १६:२८
गुल्मीमा हेलिप्याड र पिसपार्क उद्घाटन

तम्घास : माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलिप्याड तथा मालिका पिस पार्कको उद्घाटन गरेका छन् ।

बिहीबार मालिका गाउँपालिका –४ अर्खाबाङमा निर्माण भएको हेलिप्याडको अध्यक्ष प्रचण्डले उद्घाटन गरेका हुन् । सोही वडामा निर्माण भएको पर्यटकीय स्थलका रूपमा चर्चित मालिका पिस पार्कको पनि उनले उद्घाटन गरे ।

मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालसहितका जनप्रतिनिधि तथा स्थानीय नागरिकहरूको उपस्थितिमा हेलिप्याड तथा पार्कको उद्घाटन गरिएको हो ।

देशका विभिन्न स्थानहरूमा निर्माण भएका हेलिप्याड भन्दा गुल्मीको हेलिप्याड उत्कृष्ट रहेको अध्यक्ष अर्यालले बताए ।

उनले हेलिप्याडबाट विपद् तथा आपतकालीन अवस्थामा यहाँका नागरिकहरूको उद्धार तथा राहतमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।
 

ADV

सम्बन्धित खबर

Advertise