२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

बिरामीलाई तेह्रथुम सेवा समाज कतारले गर्‍यो आर्थिक सहयोग

hardik ivf
तिलु शर्मा पौडेल
२०८१ फागुन १ गते २१:२१
बिरामीलाई तेह्रथुम सेवा समाज कतारले गर्‍यो आर्थिक सहयोग

दोहा, कतार : तेह्रथुम सेवा समाज कतारले गृह जिल्लाको एक बिरामीलाई नगद सहयोग गरेको छ । समाजले तेह्रथुम जिल्ला आठराई स्थायी घर निवासी अनिता नेपालीलाई नगद ४४ हजार ६ सय रुपैयाँ नगद सहयोग गरेको हो ।

वार्षिक बिदामा घरमा रहेका समाजका उपाध्यक्ष लोक जोगी र महासचिव आरके घायल अधिकारी घरमै पुगेर रकम हस्तान्तरण गरेका हुन् । अध्यक्ष महेन्द्र प्रसाद उप्रेतीका अनुसार नेपालीले पहिले एपेन्डिसाइटिसको अपरेसन गरिएको, तर समस्या झन् बढेपछि हाल विराटनगरमा रहेको विराट टिचिङ हस्पिटलमा उपचार गराइरहे पनि आर्थिक अभाव भएपछि संस्थागत सहयोग गरिएको बताए । उनले विभिन्न व्यक्तिहरूबाट संकलन गरी सहयोग गरिएको स्पष्ट पारे ।

बिरामीको घरको आर्थिक अवस्था असाध्यै दयनीय रहेको, बिहान खाए बेलुका के खाउँ र बेलुका खाए बिहान के खाउँको अवस्था आफूले देखेको समाजका महासचिव आरकेले मध्यान्हलाई जानकारी दिए । उनले बिरामीलाई सबैले सहयोग गरिदिन मध्यान्हमार्फत आग्रह गरेका छन् ।

बिरामीको परिवारमा उनका श्रीमान् र ससुरा मात्र रहेका छन् । सहयोग गर्न चाहनाले बिरामीका पति मिलन नेपालीको नेपाल बैंक लिमिटेडमा रहेको २०५०१००७८३३९८४०००००१ खाता नम्बरमा रकम जम्मा गरेर सहयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise