२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

२० किलो चरेससहित ४ जना पक्राउ

hardik ivf
मध्यान्ह
२०८१ फागुन २ गते १५:३९
२० किलो चरेससहित ४ जना पक्राउ

भैरहवा : भैरहवामा २० किलो लागूऔषध चरेससहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय भैरहवाबाट संयुक्त रूपमा खटिएको टोलीले भैरहवाको बुद्धचोकस्थित चन्द्रसूर्य होटलबाट उक्त परिमाण चरेससहित उनीहरूलाई पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाका प्रमुख सागर भट्टराईले विशेष सुराकीको आधारमा २० किलो चरेससहित त्यसमा संलग्न ४ जना कारोबारीलाई पक्राउ गरिएको बताए । उनीहरूको नाम र ठेगाना भने प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ गर्ने क्रममा एक जना कारोबारी भने फरार भएका छन् ।

भट्टराईका अनुसार पक्राउ परेका ४ जना युवक धादिङको गजुरीका हुन् । बरामद गरिएको चरेसको बजार मूल्य नेपालमा ९ लाख रुपैयाँ भन्दा धेरै पर्छ । 

धादिङको गजुरीबाट भैरहवा हुँदै भारततर्फ लैजाने क्रममा उक्त परिमाणको चरेस बरामद भएको हो ।

ADV

सम्बन्धित खबर

Advertise