२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

कार्यसम्पादनमा काठमाडौं महानगर कमजोर

hardik ivf
मध्यान्ह
२०८१ फागुन २ गते १८:४९
कार्यसम्पादनमा काठमाडौं महानगर कमजोर

काठमाडौं : कार्यसम्पादन मूल्यांकनमा काठमाडौं महानगरपालिका जिल्लामै सबैभन्दा कमजोर देखिएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा महानगरपालिकाले जिल्लाका १० नगरमध्ये सबैभन्दा कम अंक पाएको हो ।

आयोगकाअनुसार १७ वटा विभिन्न सूचकका आधारमा आयोगले गरेको मूल्यांकनमा काठमाडौं महानगरले १०० मध्ये जम्मा ५४.३ अंक पाएको छ ।

काठमाडौंका सबै स्थानीय तहमध्ये तारकेश्वर नगरपालिका ७१.३ अंकसहित पहिलो स्थानमा छ । त्यसपछि नागार्जुन नगरपालिकाले ७०.६ अंक पाएको छ ।

यस्तै शंखरापुर नगरले ६८.१, चन्द्रागिरीले ६७.१, गोकर्णेश्वर नगरपालिकाले ६४.४, कीर्तिपुर नगरपालिकाले ६३.४, कागेश्वरी मनोहराले ६२.८, बूढानीलकण्ठले ६०.८, टोखाले ५८.६ र दक्षिणकाली नगरपालिकाले ५४.७ अंक पाएका छन् ।
आयोगले प्रत्येक वर्ष स्थानीय तहको कार्यसम्पादन मूल्यांकन सार्वजनिक गर्दै आएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise