२०८२ असार ९ गते सोमवार / Jun 23 , 2025 , Monday
२०८२ असार ९ गते सोमवार
Ads

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

shivam cement
मध्यान्ह
२०८१ फागुन ४ गते २०:२०
परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेश मन्त्री एस जयशंकरबिच ओमनमा भेटवार्ता भएको छ । आठौँ हिन्द महासागरीय सम्मेलनमा भाग लिन ओमनको मस्कटमा रहेका मन्त्रीद्वयबिच आइतबार साइडलाइन भेटवार्ता भएको हो । 

दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाउन उनीहरूबिच छलफल भएको हो । नेपालको विकासमा भारतले गरेको निरन्तर सहयोगका लागि आफूले भारतीय विदेशमन्त्री जयशंकरलाई धन्यवाद दिएको मन्त्री राणाले जानकारी दिइन् ।

व्यापार पारवहन र जलस्रोत विकास लगायतका विषयमा नेपाल–भारतबिच भएको प्रगतिका लागि आफूले धन्यवाद दिएको मन्त्री राणाले बताइन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise