२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

नसर्ने रोगको पहिचान सुरु

shivam cement
२०८१ फागुन ४ गते २०:४३
Shares
नसर्ने रोगको पहिचान सुरु


नुवाकोट : नुवाकोटमा नसर्ने रोगहरूको पहिचानका लागि एक महिने अभियान सुरु गरिएको छ ।

अभियानको पहिलो चरणमा वृद्धवृद्धाहरूको स्वास्थ्य परीक्षण गरिएको छ । त्रिशूली अस्पताल र जनस्वास्थ्य कार्यालय नुवाकोटको संयुक्त आयोजनामा देवीघाटमा रहेको ज्येष्ठ नागरिक अध्ययन प्रतिष्ठानमा रहेका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरी अभियानको सुरुवात गरिएको हो ।

प्रतिष्ठानमा रहेका ३४ जना ज्येष्ठ नागरिकको रगतको चिनीको मात्रा, ब्लड प्रेसर, पिसाबको जाँच र निःशुल्क आवश्यक औषधि वितरण गरी कार्यक्रम कार्यक्रमको शुभारम्भ गरिएको जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिए । जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम ठकुरीले अभियानको सुरुवात गरेका हुन् । 
 

सम्बन्धित खबर