२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

डा. गोविन्द केसीले अमेरिकी दूतावास घेर्ने

hardik ivf
मध्यान्ह
२०८१ फागुन ५ गते १६:२४
डा. गोविन्द केसीले अमेरिकी दूतावास घेर्ने

काठमाडौं : अभियन्ता डा. गोविन्द केसीले अमेरिकी दुतावास घेर्ने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हालै लिएका कदमहरूबाट नेपाल लगायत संसारका विभिन्न देश तथा त्यहाँका नागरिकहरूलाई जलवायु परिवर्तन, जन स्वास्थ्य, शिक्षा र जीविकोपार्जन जस्ता क्षेत्रमा नकारात्मक असर पारेको भन्दै केसीले दुतावास घेर्ने भएका हुन् । 

मंगलबार दिउँसो ३ः३० बजे केसीले नेपालस्थित अमेरिकी दूतावास अगाडि शान्तिपूर्ण आन्दोलन गर्ने भएका बताए । 

पश्चिम एसियाको गाजा पट्टीका प्यालेस्टाइनीहरूको जातीय सफाया गर्ने खालका प्रस्तावले त्यहाँको भू–राजनीति अस्थिर बनेको र अन्तर्राष्ट्रिय मानवीय कानुनको पनि खिल्ली उडाएकोविरुद्धमा समेत आन्दोलन गर्ने उनले बताए । 

अनाहकमा गत तीन वर्षदेखि रुसले छेडेको युद्ध बेहोरिरहेको युक्रेनले पाइरहेको अमेरिकी सहयोगको अनिश्चितताले युक्रेनको लगायत अन्य छिमेकी राष्ट्रहरूको पनि अस्तित्व खतरामा परेको समेत केसीको ठहर छ । 

ट्रम्पले गरेको निर्णयहरूमाथि पुनर्विचारको लागि शान्तिपूर्ण प्रदर्शनी तथा दूतावासमा ज्ञापनपत्र बुझाउने केसीको तयारी रहेको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise