२०८१ फागुन ९ गते शुक्रवार / Feb 21 , 2025 , Friday
२०८१ फागुन ९ गते शुक्रवार
Ads

चितवनमा पीभीटीसी सेलेक्ट कक्षा सुरु

hardik ivf
मध्यान्ह
२०८१ फागुन ६ गते १६:२८
चितवनमा पीभीटीसी सेलेक्ट कक्षा सुरु


काठमाडौं : जीवनभरि सिकाउने वैश्विक कम्पनी पिअर्सनले चितवनमा नयाँ पिअर्सन भीयूई टेस्ट सेन्टर सेलेक्ट (पीभीटीसी सेलेक्ट) सुरु गरेको छ ।

केन्द्रको रणनीतिक स्थितिले नेपालमा पिअर्सन टेस्ट अफ इङ्गिलस (पीटीई) को पहुँच बढाउने भने यसले अन्तर्राष्ट्रिय स्तरमा शिक्षाको अवसर खोज्ने विद्यार्थीहरूलाई सहयोग गर्नेछ । 

पीभीटीसी सेलेक्ट केन्द्रहरू १०० भन्दा बढी देशहरूमा स्वतन्त्र रूपमा सञ्चालित छन् । यी केन्द्रहरूमा उच्चस्तरको पहिचान प्रमाणीकरण प्रणाली र निगरानी प्रविधि प्रयोग गरिन्छ । जसले पीटीई दिने परीक्षार्थीहरूलाई सुरक्षित र विश्वासिलो वातावरण प्रदान गर्दछ । 

यस टेस्टिङ हबद्वारा सञ्चालित चितवनको नयाँ १० आसनको परीक्षण केन्द्रले लचिलो र भरपर्दो परीक्षण अनुभव प्रदान गर्दछ । जसले विदेशमा अध्ययन वा काम गर्न चाहने व्यक्तिहरूलाई सहयोग पु¥याउँछ ।

नयाँ केन्द्रको उद्घाटनबारे टिप्पणी गर्दै पिअर्सन, इङ्ग्लिस ल्याङ्गवेज लर्निङका दक्षिण एशिया रिजिअनल डाइरेक्टर प्रभुल रवीन्द्रनले भने, ‘नेपालमा हाम्रो उपस्थितिलाई अझै दह्रो बनाउने क्रममा चितवनको नयाँ पिअर्सन भीयूई टेस्ट सेन्टर सेलेक्ट यस क्षेत्रका टेस्टमा बस्नेहरूका लागि सम्पर्क र समर्थन वृद्धि गर्नेे अटल प्रतिबद्धताको प्रतीक हो । यस विस्तारले नेपाली परीक्षार्थीहरूको बढ्दो आवश्यकता पूरा गर्न अझ सहज र भरपर्दो परीक्षण सेवा प्रदान गर्ने हाम्रो मिसनलाई समर्थन गर्छ ।’ 

पिअर्सन भीयूईका म्यानेजिङ डाइरेक्टर डा. गेरी गेट्सले भने, ‘नेपाली परीक्षार्थीहरूलाई विश्वस्तरीय परीक्षण अनुभव प्रदान गर्न पाउँदा हामी गर्व गछौँ । हाम्रो उद्देश्य भनेको अझ धेरै इच्छुक परीक्षार्थीहरूसमक्ष पुनु हो अनि तिनीहरूको शैक्षिक तथा व्यावसायिक लक्ष्य प्राप्तिमा सहयोग गर्नु हो ।’ 

पिअर्सन टेस्ट अफ इङ्गिलस एक विश्वासनीय र सुरक्षित अङ्ग्रेजी भाषा दक्षता परीक्षा हो, जसले अध्ययन, रोजगार वा आप्रवासनका लागि ढोका खोल्छ । 

यो परीक्षा ३,५०० भन्दा बढी विश्वविद्यालयहरूद्वारा स्वीकृत हुनुका साथै अस्ट्रेलिया, क्यानाडा, न्युजिल्यान्ड र बेलायतका सरकारले भिसा आवेदनका लागि मान्यता दिएका छन् । पीटीईलाई नर्सिङ, एकाउन्टिङ, इन्जिनियरिङ जस्ता क्षेत्रका प्रतिष्ठित संस्थाहरूले पनि स्वीकृति दिएका छन् । साथै परीक्षार्थीहरूले पीटीईको परिणाम प्रयोग गरेर अस्ट्रेलिया सरकारको अस्ट्रेलिया अवार्ड, न्युजिल्यान्डको सेकन्डरी स्कुल स्कलरसिप (एनजेडएसएस), बेलायतको चेभेनिङ स्कलरसिप र अमेरिकाको फुलब्राइट स्कलरसिप जस्ता प्रतिष्ठित छात्रवृत्तिका लागि आवेदन गर्न सक्छन् । 

पीटीई विश्वभरि ४७५ भन्दा बढी सुरक्षित परीक्षण केन्द्रहरूमा सञ्चालित छ । अत्याधुनिक एआई प्रविधि र अनुभवी विशेषज्ञहरूको सहयोगमा पीटीईले निष्पक्ष र पारदर्शी परीक्षण अनुभव प्रदान गर्दछ । 

गत वर्ष १० लाख भन्दा अधिक परीक्षार्थीहरूले आफ्नो अङ्ग्रेजी दक्षता प्रदर्शन गर्न र उच्च शिक्षा वा अन्तर्राष्ट्रिय रोजगारका अवसरहरू पछ्याउन पीटीईमाथि विश्वास गरेका थिए । 
 

ADV

सम्बन्धित खबर

Advertise