२०८१ फागुन ९ गते शुक्रवार / Feb 21 , 2025 , Friday
२०८१ फागुन ९ गते शुक्रवार
Ads

सिभिल अस्पतालका कर्मचारी आन्दोलित

hardik ivf
मध्यान्ह
२०८१ फागुन ७ गते १७:०४
सिभिल अस्पतालका कर्मचारी आन्दोलित

काठमाडौं : निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा कार्यरत दैनिक ज्यालादरी र सेसनका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

विभिन्न ७ बुँदे माग राख्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनमा उत्रिएको १० दिन भइसके पनि आफूहरूको जायज माग सम्बोधन गर्न सरोकारवालापक्ष तयार नभएको उनीहरूको भनाइ छ ।

आन्दोलनरत कर्मचारीहरूले अस्पताल प्रशासन र व्यवस्थापनसँग अस्पतालको विनियमावली गठन आदेश तत्काल संशोधन, जोखिम भत्ता र सामाजिक सुरक्षा कोषको व्यवस्था गर्न माग गरेका छन् । त्यस्तै श्रेणी र तह बमोजिम पारिश्रमिक तथा सेवा सुविधा, सरकारले तोकेबमोजिमको स्थायी वा सो सरह उमेर हदसम्म कामकाज गर्न पाउने व्यवस्थाको सुनिश्चितताको माग पनि उनीहरूले अगाडि सारेका छन् ।

आन्दोलनरत कर्मचारीहरूले अस्थायी, सेसन र दैनिक ज्यालादारी कर्मचारीहरूलाई स्थायित्वको प्रक्रिया अगाडि नबढाइ पदपूर्ति गर्ने प्रक्रियालाई बन्द गर्न माग गरेका छन् ।
 

ADV

सम्बन्धित खबर

Advertise