रौतहट : राजदेवी मिडिया सेन्टर गौरको आयोजनामा १२ औं जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगिता भएको छ । प्रतियोगितामा राजदेवी नगरपालिका–६ की रानी कुमारी यादव प्रथम, राजदेवी नगरपालिका–६ की संन्जनी कुमारी यादव दोस्रो र राजदेवी नगरपालिका–५ की रबिना कुमारी साह तेस्रो स्थान हासिल गरेकी थिइन् ।
प्रतियोगितामा १५ जना सहभागी थिए । प्रथम हुनेलाई–५० हजार,दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार गरेर नगदुसहित पुरस्कृत गरिएको हो । साइकल दौड प्रतियोगिता कार्यक्रमको प्रमुख मधेश प्रदेश सरकारका सभामुख रामचन्द्र मण्डल रहेका थिए भने अध्यक्षता मिडिया सेन्टरका अध्यक्ष पत्रकार रामपुकार राउत रहेको थियो ।
कार्यक्रममा नेकपा एमाले रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ता, प्रदेश सभा सदस्य नागेन्द्र साह ,नेपाल पत्रकार महासंघ रौतहटको पुर्व अध्यक्ष रबिन्द्र साह,प्रेमचन्द्र झा लगायतका सञ्चारकर्मी तथा रेडक्रसकर्मीहरुको सहभागिता रहेको थियो ।