२०८१ फागुन ९ गते शुक्रवार / Feb 21 , 2025 , Friday
२०८१ फागुन ९ गते शुक्रवार
Ads

अजयमेरु कोटमा भग्नावशेषहरुको उत्खनन् सुरु

hardik ivf
दिपकराज भट्ट
२०८१ फागुन ७ गते २२:३८
अजयमेरु कोटमा भग्नावशेषहरुको उत्खनन् सुरु

डडेल्धुरा :  डडेल्धुराको अजयमेरु गाँउपालिकामा रहेको ऐतिहासिक अजयमेरु कोटमा भएका भग्नावशेषहरुको उत्खनन् कार्य सुरु गरिएको छ । गत साताबाट सुरु भएको उत्खनन कार्य निरन्तर थप एक साता चल्ने जनाईएको छ । पुरातत्व अधिकृत भास्कर ज्ञवालीले उत्खनन् कार्यलाई थप सात दिन लम्ब्याइएको बताएका छन् । उनले पूर्ण दरबार पुनर्निर्माण गर्ने होइन, बरु भग्नावशेष संरचनाहरूको नम्बरीङ गर्ने काम भइरहेको जानकारी दिए ।

अजयमेरु कोटलाई विश्व सम्पदा सूचीमा समावेश गराउने प्रयासस्वरूप पुरातत्व विभागको अर्को टोलीले थप अध्ययन गर्ने जनाएको छ ।

उत्खनन् कार्यमा जिल्लाका सरकारी अधिकारी, राजनीतिक दलका नेता स्थानीय जनप्रतिनिधिहरुले पहल गर्ने बताएका छन् । कोट संरक्षणको महत्व अझ बढ्दै गएको भन्दै स्थानीय तहले संघ र प्रदेश सरकारबाट थप बजेट तथा सहयोग आवश्यक रहेको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्टले बताए ।
 

ADV

सम्बन्धित खबर

Advertise