दोहा कतार : कतारमा रहेका बाँकेवासीहरूको साझा संस्था बाँके सेवा समाज कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश समन्वय परिषद् कतारसँगको समन्वय तथा हमद अस्पतालसँगको सहकार्यमा कतारमा "बृहत् रक्तदान कार्यक्रम" सम्पन्न भएको हो ।
शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रम मध्यान्ह सम्म चलेको कार्यक्रम मार्फत ४५ जनाले रक्तदान गरेका छन् । रगत अभावका कारण प्रवासमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले समाजले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष गोविन्दजंग शाहले बताए ।
रक्तदाताहरूलाई समाजले कदर पत्रद्वारा सम्मान गरेको थियो । रक्तदान जस्तो पुण्यको कार्यमा उल्लेख्य उपस्थित जनाउनु हुने तथा दाताहरूलाई कार्यक्रम संयोजक श्याम डिसीले संस्थागत धन्यवाद तथा आभार प्रकट गरेका छन् । कार्यक्रममा एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय कमिटीका उपसचिव चानक पोखरेललगायत कतारमा स्थापित संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतकाहरुको उपस्थिति रहेको थियो ।