२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

एकै परिवारका ४ जना सरकारी सेवामा

hardik ivf
कमल कुमाल
२०८१ फागुन २३ गते २१:०३
एकै परिवारका ४ जना सरकारी सेवामा

कालीकोट : कालीकोट पचालझरना गाउँपालिका वडा नं. ६ मा एकै परिवारका ४ जना सरकारी सेवामा आवद्ध रहेका छन् । सर्पलाल संज्याल र उनका परिवारका ४ सदस्यले सरकारी क्षेत्रहरूमा सफलता प्राप्त गरेका हुन् ।

उनका दुई छोरा धुर्वलाल संज्याल र विरेन्द्र संज्याल र उनीहरूको श्रीमतीहरूले स्थायी सरकारी सेवा प्राप्त गरी पालिकामा सेवामा कार्यरत छन् ।

ध्रुवलाल संज्यालको जन्म २०४३ सालको फागुन १२ गते नानिकोटको वडा नं. २ मा भएको थियो भने कान्छा छोरा विरेन्द्र संज्यालको जन्म २०४६ सालको फागुन १४ गते तुडिखेतमा भएको थियो । उनीहरू दुबै दुर्गम क्षेत्रमा जन्मेका र विपन्न परिवारमा हुर्केका थिए । शिक्षाको पहुँच नपाएका उनीहरूले कठिन परिस्थितिमा भारतका विभिन्न स्थानमा चौकीदारी र मजदुरी गर्न भारत गएका थिए ।

ध्रुवलाल र विरेन्द्रले प्राथमिक शिक्षा श्री कालीकादेवी प्रा.वि बोलुगाउँमा सर्वउत्कृष्ट अंकसहित विद्यालय प्रथम हुन् भने दाजु भाइको प्रतिस्प्रधा हुने गर्थ्यो । 

ध्रुवलालले माध्यमिक शिक्षा बाजुरा जिल्लाको गोत्री र उच्च माध्यमिक शिक्षा रास्कोटको वडिमालिका विद्यालयबाट प्राप्त गरे भने वीरेन्द्रले माध्यमिक शिक्षा श्री सरस्वती माध्यमिक विद्यालय भिट्टाबाट र उच्च माध्यमिक शिक्षा सुर्खेतको जन माध्यमिक विद्यालयबाट पूरा गरेका थिए । पछि दुवैले प्राविधिक शिक्षा पनि अध्ययन गरे । 

२०७० सालमा ध्रुवलाल संज्यालले शिक्षक सेवा आयोगबाट प्राथमिक शिक्षकको स्थायी नियुक्तिपछि ८ वर्ष कालिका आ.वि तोलिभिडमा अध्ययन पश्चात २०७९ मा मा.वि स्थायी भएर ओखलढंगा गएका थिए ।

त्यसपछि २०८१ सालमा शिक्षा अधिकृतको रूपमा कर्णाली प्रदेश लोक सेवा आयोग बाट  १ नम्बरमा नाम निकाल्न सफल भए पश्चात अहिले आफ्नो गृह पालिकामा शिक्षा अधिकृतको रूपमा कार्यरत छन् ।

वीरेन्द्र संज्यालले २०७३ सालमा बुटोलबाट नाम निकाले र नवलपरासी जिल्ला कोटथर स्वास्थ्य चौकीमा पोस्टिङ भएका थिए । त्यसपश्चात मध्यपश्चिमा अञ्चलबाट हेल्थ असिस्टेन्ट पदमा नाम निस्किएर रास्कोट नगरपालिका स्वास्थ्य चौकी स्युनामा करिब ३० महिनासम्म सेवा प्रवाह गरे । अहिले पचाल झरना गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखको रूपमा कार्यरत छन् । 

साथै, दुवै भाइका श्रीमतीहरूले पनि स्थायी सरकारी सेवा प्राप्त गर्न सफल भएकी छन् । धु्रबलाल संज्यालकी श्रीमती, कौशिला न्यौपाने, शिक्षक सेवा आयोगबाट प्राथमिक शिक्षिकाको रूपमा उदयपुर जिल्लामा कार्यरत छिन् भने विरेन्द्र संज्यालकी श्रीमती, नविता उपाध्याय, कालीकोट जिल्लामा पचालझरना गाउँपालिका  स्वास्थ्य चौकी राम्नाकोटमा सि. अनमी पदमा कार्यरत छिन् । यसरी एउटै पालिकामा एउटै परिवारका चार सदस्यहरू स्थायी सरकारी सेवामा कार्यरत रहेका छन् । पचाल झरना गाउँपालिकामा शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेका उनीहरूको संघर्ष र सफलता प्रेरणादायिक छ ।

ADV

सम्बन्धित खबर

Advertise