२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

प्रधानमन्त्रीको आग्रहमा माओवादीको अभियान स्थगित

Nada
२०८१ फागुन २४ गते १७:१७
Shares
प्रधानमन्त्रीको आग्रहमा माओवादीको अभियान स्थगित

काठमाडौं : नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान’  स्थगित गरेको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले केही समयका लागि अभियान स्थगित भएकाे जानकारी दिए । 

ncell

राष्ट्रिय राजनीतिमा फरक परिस्थिति देखिदै गएको अवस्थालाई मध्यनजर गर्दै केही समयका लागी पार्टीको अभियान स्थगन गरिएको महासचिव देव गुरुङले बताए ।

गुरुङले मध्यान्ह दैनिकसँग भने ‘राष्ट्रिय राजनीतिमा फरक गतिविधिहरु बढेका कारण पार्टीको यो अभियाले मात्रै नपुग्ने ठानेर थप सशक्त कार्यक्रम तय गर्न तत्कालका लागि अभियान स्थगन गरेका हौं ।’ पार्टीको तत्काल बैठक बसेर नयाँ कार्यक्रम तय गर्ने उनको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रहमा ‘तराई–मधेस जागरण अभियान’ स्थगन गरेको पोलिटब्युरो सदस्य हिमाल शर्माले मध्यान्ह दैनिकलाई बताए । उनले भने ‘मलाई लाग्छ बालुवाटारबाटै केही सूचना पठाएकाले अभियान स्थगित गरिएको हुनुपर्छ ।’ 

 

ताजा खबर

सम्बन्धित खबर