२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

hardik ivf
मध्यान्ह
२०८१ फागुन २६ गते १५:५६
विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ताप्लेजुङ : ताप्लेजुङका ६ विद्यालयका २ सय विद्यार्थीलाई १० लाख मूल्य बराबरका शैक्षिक सामग्री वितरण गरिएको छ । दौतरी फ्रेन्च फर फ्यूचर नामक संस्थाले ट्रयाक सुट, जुत्ता, झोला, कापी, पेन्सिल, मसी भर्ने कलम, जमेट्री बक्स लगायतका सामग्री उपलब्ध गराएको हो ।

ताप्लेजुङ विकास मञ्चको समन्वयमा सूर्यदेवी आधारभूत सान्थाक्रा मेरिङ्दन, तुलसी आधारभूत विद्यालय खेजेनिम फक्ताङलुङ, महेन्द्र आधारभूत मावि खेवाङ्ग, भगवती मावि अम्बेगुदिन र भगवती आधारभूत विद्यालय सिरिजङ्गा तथा सिद्धेश्वरी मावि डुम्रिसे पाथीभरा याङवरकका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

संस्थाले ताप्लेजुङमा २०७६ सालदेखि विद्यालयमा शैक्षिक सामग्री वितरण गर्दै आएको छ । केन्द्रीय अध्यक्ष सम्पन्न स्थापितका अनुसार बाजुरा, डोल्पा, सल्यान लगायतका जिल्लामा पनि शैक्षिक वितरण हुँदै आएको छ । ती जिल्लामा जनही १ हजारका दरले सहयोग प्रदान गरिएको उनले बताए ।

विद्यार्थी छान्ने र उपलब्ध गराउने अधिकार विद्यालयलाई दिइएको विकाश मञ्चका अध्यक्ष सन्तोष प्रसाईले बताए । ताप्लेजुङमा भने भुगोल क्षेत्र र त्यहाँको वस्तुस्थिति हेरेर विद्यालय छनोट गरिएको हो ।

ADV

सम्बन्धित खबर

Advertise