२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

प्रहरीकै अगाडि आत्मदाहको प्रयास

hardik ivf
मध्यान्ह
२०८१ फागुन २६ गते १६:३४
प्रहरीकै अगाडि आत्मदाहको प्रयास

वीरगंज : वीरगन्जस्थित जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार मिटरब्याजी पीडित एक पुरुषले आत्मदाह गर्ने प्रयास गरेका छन् । बाराको पचरौता नगरपालिका–४ स्थायी घर भई हाल वीरगन्ज–२४ रामगढवा बस्ने ६० वर्षीय बृजकिशोर प्रसाद साहले कार्यालय परिसरमै आत्मदाहको प्रयास गरेका हुन् ।

साहले किरा मार्ने विषादी सेवन गर्दै शरीरमा पेट्रोल छर्केर आगो लगाउने कोसिस गरेका थिए । तर त्यहाँ ड्युटीमा रहेका सशस्त्र प्रहरीले साहलाई आगो लगाउनबाट जागाएको थियो ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हल्का विष समेत सेवन गरिसकेका साहलाई त्यहाँबाट उद्धार गरेर उपचारका लागि नारायणी अस्पतालमा पु¥याइएको र उनको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएको जानकारी दिए ।

मिटरब्याजीबाट पीडित साहलाई प्रहरीले न्याय नदिएका कारण उनले आत्मदाहको प्रयास गरेको बताइएको छ । घटनास्थलबाट भेटिएको साह आफैंले लेखेको पत्रमा लेखिएको छ, ‘१ लाख ५० हजार रुपैयाँ ऋण लिएर ६ लाख मूल्य बराबरको जग्गा अरूका नाममा पास गरेको थिएँ । तर जग्गाको आफूले पैसा तिर्न खोज्दा पीडकले फिर्ता गर्न आनाकानी गरिरहेको छ । यो मुद्दामा प्रहरीले पनि साथ दिइरहेको छैन, त्यही कारण यो बाटो रोजेको हुँ ।’

घटनास्थलबाट बरामद उक्त पत्रबारे पुष्टि गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्ला प्रहरी कार्यालय पर्सामा साहले निवेदन दिएको र त्यसबारे प्रहरी कार्यालयमा मिलापत्रका लागि छलफल भइरहेको अवस्था रहेको बताए । सोमबारको घटनाबारे थप अनुसन्धानका लागि आफूले प्रहरी प्रमुखलाई निर्देशन दिइसकेको अर्यालले बताए ।

साहले आत्मदाहको प्रयास गरिरहेका समयमा जिल्ला प्रशासन कार्यालय पर्सामा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको बैठक बसिरहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise