२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

२५ गतेको भिड ‘ट्रायल’ मात्रै हो, लुक्ने ठाउँ खोज्दै गर्नू : सांसद कार्की

Nada
२०८१ फागुन २७ गते १४:१३
Shares
२५ गतेको भिड ‘ट्रायल’ मात्रै हो, लुक्ने ठाउँ खोज्दै गर्नू : सांसद कार्की

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले गत २५ फागुनमा काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा देखिएको भिड ‘ट्रायल’ मात्रै भएको बताएकी छिन् ।

ncell

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने क्रममा उनले फागुन २५ गते राजाको समर्थनमा निस्किएको भिड ट्रायलमात्र भएको भन्दै आगामी दिनमा राजाको पक्षमा यस्तो भिड बढ्दै जाने भएकाले गणतन्त्रवादीहरू लुक्ने ठाउँ खोज्दै गर्न आग्रह गरिन् ।

वर्तमान सरकारको नालायकीका कारण २५ गतेको भिड जन्मिएको उनको भनाइ छ । उनले आगामी दिनमा राजाको पक्षमा ७३ जिल्लाका मन्छे थपिए नआत्तिन सुझाव समेत दिइन् ।

उनले भनिन्, ‘अर्का मित्रले राजाको जयजयकार गरेको र नेताहरू जिल्ला जाँदा मुर्दावाद भनेको सुन्नुभएन होला । यो त मित्र ट्रायल मात्र हो । त्यसबेला लुक्ने ठाउँ खोज्नुहोला । २५ गतेको भिड नालायक सरकारले जन्माएको हो । जति दिन यो सरकारमा बस्नुहुन्छ त्यति भिड बढ्दै जानेछ ।’

ताजा खबर

सम्बन्धित खबर