२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

असंवैधानिक र अलोकतान्त्रिक काम गरिए क्रान्तिले शक्ति देखाउँछ : प्रचण्ड

hardik ivf
मध्यान्ह
२०८१ फागुन २७ गते १४:२१
असंवैधानिक र अलोकतान्त्रिक काम गरिए क्रान्तिले शक्ति देखाउँछ : प्रचण्ड

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजावादीहरूको चहलपहल पछाडि देश भित्र र बाहिरको चलखेल मिसिएको बताएका छन् । 

मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले राजावादीहरूको चहलपहलको अन्तर्य आफूले राम्रोसँग बुझेको बताएका हुन् । 

यसो हुनुमा अहिलेकै सरकारकै कमजोरी रहेको पनि प्रचण्डले बताए । पछिल्ला ८ महिनामा सत्तामा रहेका पार्टीहरूले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै मूल कारण हो भन्ने बुझ्न कठिनाइ नभएको उनको भनाइ छ ।

प्रचण्डले असंवैधानिक र अलोकतान्त्रिक काम गरिए क्रान्तिले शक्ति देखाउने चेतावनी दिए । उनले राजावादीहरूलाई लोकतन्त्रभित्र ठाउँ खोज्न सुझाव दिए ।

जनताको बलिदानबाट प्राप्त उपलब्धलाई उल्ट्याउन कोसिस भइराखेको उनले दोहोर्‍याए । सरकार र राजावादीविरुद्ध एकैसाथ जुध्नुपर्ने स्थिति सिर्जना भएको उनले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise