२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

नयाँ संकल्पका साथ आन्दोलनमा जाने तयारीमा छौंः भुसाल

hardik ivf
मध्यान्ह
२०८१ फागुन २७ गते २०:४९
नयाँ संकल्पका साथ आन्दोलनमा जाने तयारीमा छौंः भुसाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमाले र कांग्रेसले ८४ को मिसन ताकेको बताएका छन् । नेकपा एकीकृत समाजवादी रुकुम पश्चिमको नवौं जिल्ला अधिवेशनमा बोल्दै नेता भुसालले कांग्रेस–एमालेले राजनीतिक मिसनको तयारी मात्रै गरेको बताए ।

सरकारको नेतृत्व गरिरहेका ठूला दुई दलले सुशासन र रोजगारीतर्फ ध्यान नदिएकाले अहिले देशमा भ्रष्टाचार बढेको बताए । अब त्यसलाई चिर्न समाजवादी पार्टीले जनताको मुद्दा र सुशासनमा काम गर्ने बताउँदै नयाँ आन्दोलनमा जाने भुसालको भनाइ छ ।

‘अरु राजनीतिक दलले राजनीतिक मिसनका कुरा गर्दै छन्, तर हाम्रो पार्टीले आगामी चैत १ गतेदेखि नयाँ संकल्पका साथ आन्दोलनमा जाने तयारी गरेको छ । यो अभियानले नयाँ राजनीतिक धारणा निर्माणसहित नेपालको राजनीतिमा सुधार र रोजगारीको सिर्जना गर्ने छ,’ नेता भुसालले भने ।

त्यस्तै यो आन्दोलनले पूर्वराजा ज्ञानेन्द्र शाह पनि पछि हट्ने र आम जनतालाई एकताबद्ध पार्दै समाजवादमा जाने तयारी रहेको नेता भुसालले बताए । यो आन्दोलनले नै नेपाली विशेषताको समाजवादी कार्यक्रमलाई सफल बनाउन सहयोग पुग्ने उनको तर्क छ ।

यसैगरी फरक प्रसंगमा आगामी डेढ वर्षभित्रै सम्पूर्ण कम्युनिष्टहरूको ध्रुबीकरण हुने उनले ठोकुवा गरे । त्यसपछि मात्रै नेपालमा एउटा ठूलो कम्युनिष्ट पार्टी बन्ने र त्यसले नै जनताको मुद्दा उठान गर्ने नेता भुसालले प्रष्ट पारे ।

त्यस्तै अहिले नेपालमा गणतन्त्रको दोस्रो चरण सुरु भएको उनले बताए । यो बेला केही राजावादीहरू जागेको र ढलिसकेका ज्ञानेन्द्र शाह पनि उठ्न लागेकाले अब सबै कम्युनिष्ट एक साथ उठ्नुपर्ने भुसालको भनाइ छ । त्यसका लागि अबको एकता सडकमा पुगेर राजनीतिक प्रतिबद्धतासहित गर्नुपर्ने उनले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise