२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

तारकेश्वरमा कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको सांसद श्रेष्ठको आरोप

hardik ivf
मध्यान्ह
२०८१ फागुन २८ गते १३:०४
तारकेश्वरमा कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको सांसद श्रेष्ठको आरोप

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना क्षेष्ठले काठमाडौंको तारकेश्वरमा कांग्रेसका नेताले सरकारी जग्गा कब्जा गरेको आरोप लगाएकी छन् । 

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले काठमाडौंको काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वरमा कांग्रेस नेताले सरकारको स्वामित्वमा रहेको जग्गा कब्जा गरेको आरोप लगाएकी हुन् ।
 
उनले भनिन्,‘काठमाडौँ क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडा नम्बर ९ को लोकतान्त्रिक चोकमा रहेको सरकारको नाममा रहेको जग्गा कित्ता नम्बर ६२ र ६३ को सरकारी जग्गा कांग्रेस नेताले कब्जा गरेको स्थानीय बासिन्दाको उजुरीको बाबजुत स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आम गुनासो छ । यसमा ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले लगाएको आरोपमाथि नेपाली कांग्रेसका सांसदहरुले आपत्ति समेत जनाए ।  साथै सांसद श्रेष्ठको अभिव्यक्ति रेडर्कबाट हटाउन समेत माग गरे ।  
 

ADV

सम्बन्धित खबर

Advertise