२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

‘राजतन्त्र ल्याउँछु भन्नु असम्भव’

hardik ivf
मध्यान्ह
२०८१ फागुन २८ गते १८:३४
‘राजतन्त्र ल्याउँछु भन्नु असम्भव’

उदयपुरः नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरलले राजतन्त्र ल्याउँछु भन्नु असम्भव रहेको बताएका छन् । 

आज पार्टीको तेस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका पोखरेलले लोकतन्त्र, गणतन्त्रका लागि हिजो सबै पार्टीका योगदानको स्मरण गर्दै सबै मिलेर सुदृढ गणतन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिए । हालको अवस्थामा राजतन्त्र ल्याउँछु भन्नु समुन्द्र फर्काउँछु भनेझैँ हुने उनको भनाइ थियो ।

‘हिजो महान जनयुद्ध, बृहत जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलन सबैखाले आन्दोलनको जगमा हामीले गणतन्त्र ल्याएका हौँ’, उनले भने, ‘हामीले निर्माण गरेको संविधानमा उल्लेखित गणतन्त्र, समावेशिता, समाजवादको उपलब्धिमाथि प्रहार भइरहेको छ ।’

नेपाली जनताको चेतना धेरैमाथि उठिसकेकाले उनले सबै मिलेर गणतन्त्रको रक्षा गर्नुपर्ने बताए । कार्यक्रममा उनले कटारीका सहिद परिवारलाई सम्मान गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise