२०८१ चैत ५ गते मङ्गलवार / Mar 18 , 2025 , Tuesday
२०८१ चैत ५ गते मङ्गलवार
Ads

माल्टा र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

draupadi film
मध्यान्ह
२०८१ चैत ४ गते १८:१९
माल्टा र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा रसुवा गोसाईकुण्ड गाउँपालिका–१ घर भइ ललितपुर गोदावरी नगरपालिका–३ बस्ने ४६ वर्षीय बिर्ख तामाङ र बाजुरा बुढीनन्दा नगरपालिका–६ घर भइ काठमाडौं तार्केश्वर नगरपालिका–८ बस्ने २८ वर्षीय दिपेश रावत रहेका छन् ।  

पक्राउ मध्ये बिर्खले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ र दिपेशले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिर्खलाई काठमाडौं शंखरापुर नगरपालिका-४ बाट आइतबार र दिपेशलाई काठमाडौं महानगरपालिका–२८ बाट सोमबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ । 

ADV

सम्बन्धित खबर

Advertise