२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक युवक पक्राउ

shivam cement
२०८१ चैत ११ गते १६:०९
Shares
स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक युवक पक्राउ

रौतहटः पर्सा सशस्त्र प्रहरीले एक युवकलाई १० लाख रुपैयाँसहित पक्राउ गरेको छ । 

वीरगन्जको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत खुल्न नसकेको रकमसहित वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंका २९ बर्षीय प्रदीपकुमार साहलाई पक्राउ गरेको हो ।

 सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाका अनुसार सशस्त्र प्रहरीले वीरगन्ज–१६ स्थित भन्सार कार्यालय अगाडि बीआर २२ बीजी १४०८ नम्बरको भारतीय मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा त्यसमा सवार साहको साथबाट रकम बरामद भएको छ  । 

रक्सौलबाट वीरगन्ज आँउदै गरेको अवस्थामा साहको साथबाट १० लाख ५ हजार नेपाली रुपैयाँ बरामद भएको उनले जानकारी दिए । बरामद रकमको श्रोत साहले खुलाउन नसकेपछि उक्त रकम र मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साले जनाएको छ । 
 

सम्बन्धित खबर