२०८१ चैत १६ गते शनिवार / Mar 29 , 2025 , Saturday
२०८१ चैत १६ गते शनिवार
Ads

नियन्त्रित लागुऔषधसहित २ जना पक्राउ

draupadi film
मध्यान्ह
२०८१ चैत ११ गते १७:३१
नियन्त्रित लागुऔषधसहित २ जना पक्राउ

मकवानपुरः हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट नियन्त्रित लागुऔषध नाइट्राभेट ५ सय ७० ट्याब्लेटसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सर्लाही हरिपुर नगरपालिका–२ बस्ने २६ वर्षीय राजेश तामाङ र कास्की पोखरा महानगरपालिका–१९ बस्ने २० वर्षीय निर्मल ढुङ्गेल रहेका छन् ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ग.१२ प ४९७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ADV

सम्बन्धित खबर

Advertise