२०८२ भदौ २७ गते शुक्रवार / Sep 12 , 2025 , Friday
२०८२ भदौ २७ गते शुक्रवार
Ads

स्वावलम्बी समूहका सदस्यहरूलाई ५० वटा बिउ पाठी वितरण

shivam cement
मध्यान्ह
२०८१ असार २० गते २२:३१
स्वावलम्बी समूहका सदस्यहरूलाई ५० वटा बिउ पाठी वितरण

महोत्तरी : महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. ६ का स्वावलम्बी समूहका सदस्यहरूलाई ५० वटा बिउ पाठी वितरण गरिएको छ ।

रामगोपालपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा समाज उत्थान कल्याण संघ महोत्तरीको सहजीकरणमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमी साझेदारी कार्यक्रमअन्तर्गत ५० वटा बिउ पाठी वितरण गरिएको हो ।

रामगोपालपुर नगरपालिका वडा नं -६ का वडाध्यक्ष शिवचन्द्र महतोको अध्यक्षता तथा नगर प्रमुख राम दुलार साहको प्रमुख आतिथ्यतामा पाठी वितरण गरिएको समाज उत्थान कल्याण संघका अध्यक्ष रूपेश पासवानले जानकारी दिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise