२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

शिक्षकहरुको आन्दोलनका कारण अर्घाखाँचीमा भर्ना अभियान प्रभावित

draupadi film
सरु भुसाल
२०८२ वैशाख ६ गते २२:१४
शिक्षकहरुको आन्दोलनका कारण अर्घाखाँचीमा भर्ना अभियान प्रभावित

अर्घाखाँची : बैशाख २ गतेबाट नयाँ भर्ना अभियान सुरु हुने कार्यक्रम नेपाल सरकारको रहेपनि काठमाडौंमा जारी शिक्षकको आन्दोलनका कारण अर्घाखाँचीमा भर्ना अभियान प्रभावित बनेको छ । 

अर्घाखाँचीका ६ पालिकाले लिएको कक्षा ८ को परीक्षाको नतिजा समेत प्रकाशित हुन नसकेपछि विद्यालयमा पढ्न जाने विद्यार्थी अन्योलमा परेको  शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख विष्णु वेल्वासेले जानकारी दिए ।

जिल्लाका केही विद्यालयहरुको वार्षिक परीक्षाको नतिजा समेत प्रकाशन नभएको कारण विद्यार्थीहरु भर्ना हुन र पुस्तक किन्नबाट समेत बन्चित भएका हुन् । जिल्लामा  कक्षा ८ को सबै परीक्षापालिकाले लिएका थिए । पालिकाले परीक्षा सञ्चालन गर्ने र उत्तर पुस्तिका पनि पालिकामै गर्ने नीति थियो । तर यस वर्ष अहिलेसम्म कापी जाँचेर सकिएको छैन् । जसका कारण नतिजा प्रकाशन हुन सकेको छैन् । 

राज्यले विगतमा शिक्षकहरुसँग गरेको सम्झौता अनुसार काम नगरेपछि शिक्षकहरु बाध्य भएर आन्दोलनमा उत्रिनु परेको शिक्षक महासंघ अर्घाखाँचीका अध्यक्ष नामबहादुर भाटले बताए । शिक्षकका कारण भन्दा पनि राज्यका कारण शैक्षिक गतिविधिहरु ठप्प रहेको बताउँदै राज्यले चाहे समस्या समाधान हुने भाटको भनाइ छ ।

आफूहरूसँग भएका सहमतिका आधारमा यथाशिघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै नेपाल शिक्षक महासंघले महासंघले लगातार १८ दिन सम्म  काठमाडौं केन्द्रीत आन्दोलन गर्दै आएका छन् । शिक्षकहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित भएको  पालिकाहरुले जनाएका छन् । 

ADV

सम्बन्धित खबर

Advertise