२०८२ वैशाख १२ गते शुक्रवार / Apr 25 , 2025 , Friday
२०८२ वैशाख १२ गते शुक्रवार
Ads

भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्न आवश्यक : प्रधानमन्त्री ओली

मध्यान्ह
२०८२ वैशाख १२ गते १३:०३
भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्न आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार काठमाडौंमा गोरखा भूकम्पको १०औं स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले २०७२ सालको भूकम्पको क्षति नेपालको आर्थिक अवस्था, बजेट र क्षमताले पुनःनिर्माण भ्याउनसक्ने अवस्था नरहेको बताए । उनले विपदबाट क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने खालका घरहरु बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

विपदबाट संरचनाको क्षति हुन पर्खिने नभइ क्षति हुनै नदिने गरी आवश्यक काम गर्नुपर्नेमा जोड दिए । उनले प्राकृतिक विपत्तिसम्बन्धी पूर्वतयारीमा विशेष जोड दिन आग्रह गरे । भूकम्प गएर भत्किसकेपछि घर पुनःनिर्माण गर्ने भन्दा पहिला नै सुरक्षित भएर बस्ने बाटोमा लाग्नुपर्ने बताए । यस बाटोबाटै सुरक्षित नेपाल निर्माण गर्न सकिने उनले उल्लेख गरे । 

प्रधानमन्त्री ओलीले जस्तोसुकै समयमा पनि सुरक्षित हुने विधि अवलम्वन गर्न जरुरी रहेको बताए । उनले २०७२ को भूकम्पमा सुरक्षा, आम नागरिकहरुले गरेको सहयोग असाधारण रहेको बताए ।

ADV

सम्बन्धित खबर