२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

पहिरोले पुरिँदा काठमाडौंको नागार्जुनमा एक जनाको मृत्यु

ADV
मध्यान्ह
२०८१ असार २२ गते १६:२६
पहिरोले पुरिँदा काठमाडौंको नागार्जुनमा एक जनाको मृत्यु

काठमाडौं : काठमाडौंको नागार्जुनमा पहिरोमा पुरिँदा एक जनाको मृत्यु भएको छ ।

अविरल वर्षापछि गएको पहिरोका कारण काठमाडौंको नागार्जुन नगरपालिका-३ सिंगल ट्रि नजिकै एक जनाको मृत्यु भएको हो ।

पहिरोले उक्त स्थानमा रहेको ट्रपिकल रेष्टुरेन्टको भान्सा कोठा पुरिएको थियो । कोठा पहिरोले पुरिँदा गोरखाको शहीद लखन गाउँपालिका-६ घर भएका २२ वर्षका मनोज बिकको मृत्यु भएको हो ।

पहिरोले पुरिएर घाइते भएका उनलाई तत्काल उपचारका लागि स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा लगिएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise