२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

दुवै मिर्गौला फेल भएका रानाले गरे सहयोगको याचना

ADV
मध्यान्ह
२०८१ असार २२ गते १६:४०
दुवै मिर्गौला फेल भएका रानाले गरे सहयोगको याचना

काठमाडौं : दुवै मिर्गौला फेल भएका नवलपुरको मध्यविन्दु नगरपालिका निवासी गन बहादुर रानाले उपचारका लागि आर्थिक सहयोगको याचना गरेका छन् । आर्थिक अभावले उपचार गर्न समस्या भएपछि पीडित रानाले आर्थिक सहयोगका लागि सहयोगी मनहरुसंग याचना गरेका हुन् । 

भरतपुर अस्पतालमा उपचार गराइरहेका रानाको आर्थिक अवस्था निकै कमजोर भएकाले थप उपचारका लागि आर्थिक समस्या भएको हो । पहिलेदेखि नै पक्षघातले थालिएका उनको परिवारमा आम्दानी गर्न सक्ने कोही पनि छैनन् । रानका एक छोराको अरिंगालको टोकाईबाट पहिले नै मृत्यु भैसकेको छ भने इर्का छोरा दैनिक ज्याला मजदुरी गर्छन् । 

आर्थिक अभावकै कारण उपचार गर्न नसकेको भन्दै पीडित रानाले स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपालीहरूलाई सहयोग गरेर आफ्नो ज्यान बचाइदिन आग्रह गरेका छन् । 

उनले नेपाल बैंक लिमिटेडमा रहेको आफ्नो खाता नं: ३१८१०२०७६२६१५२०००००१ मा रकम जम्मा गरेर आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् । त्यस्तै ९८१७४९३२६० मा फोन गरेर पनि सहयोग गर्न सकिने उनले बताएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise