२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मोरङको एक कुखुरा फर्मभित्र सञ्चालकको हत्या

ADV
मध्यान्ह
२०८१ असार २७ गते १२:५७
मोरङको एक कुखुरा फर्मभित्र सञ्चालकको हत्या

विराटनगर : मोरङको एक कुखुरा फर्मभित्र पुरुषको शव फेला परेको छ । बिहीबार बिहान करिब साढे १० बजे सुन्दरहरैँचा नगरपालिका-१ स्थित कुखुरा फर्मभित्र एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

प्रहरीका अनुसार सुन्दरहरैँचा-९ बस्ने ४९ वर्षीय सहदेव बजगाईंको शव फेला परेको हो । उनी उक्त फर्मका सञ्चालक समेत हुन् ।

बजगाईंको टाउको क्षतविक्षत अवस्थामा भेटिएको छ भने शरीरका अन्य भागमा चोट देखिएको प्रहरीले जनाएको छ ।

बजगाईंको कुखुरा फार्ममा काम गर्नका लागि एक दम्पती बसेका थिए । घटनापछि दुई जना नै फरार रहेको प्रहरीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise