२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

इजरायल-इरान युद्धको विरोधमा काठमाडौंमा शान्ति समाजको प्रदर्शन

shivam cement
मध्यान्ह
२०८२ असार ४ गते १३:२६
इजरायल-इरान युद्धको विरोधमा काठमाडौंमा शान्ति समाजको प्रदर्शन

काठमाडौं : इजरायल र इरानबीचको युद्धको अन्त्यको माग गर्दै मानवअधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ । समाजले बुधवार काठमाडौंस्थित इजरायल दूतावास र इरानी वाणिज्य दूतावास अगाडि शान्तिको कामना गर्दै प्रदर्शन गरेको हो ।

मानवअधिकार तथा शान्ति समाजले शुरु गरेको युद्धका विरुद्धको अभियान स्वरूप प्रदर्शन गरिएको हो । समाजकी सभापति रेनुका पौडेलले इजरायली दूतावास अगाडि आधा घण्टा र इरानी वाणिज्य दूतावास अगाडि पनि आधा घण्टा प्रदर्शन गरेको बताइन् । उनले संसारको जुनसुकै कुनामा भएको युद्धबारे आफूहरू चुप नबस्ने बताइन् । उनले इजरायल र इरानबीचको युद्ध तत्काल रोकिनुपर्ने आग्रहसहित प्रदर्शन गरिएको बताइन् ।

समाजका संस्थापक सभापति कृष्ण पहाडीले इरानले मानवअधिकारलाई सम्मान गर्नुपर्ने बताए । उनले इरानले लोकतन्त्रलाई बहाली नगर्दा एक्लो हुनुपरेको बताए । उनले इजरायलले पहिले यो युद्ध सुरु गरेका कारण इजरायलले शान्तिका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

उनले युद्ध रोक्न संयुक्त राष्ट्रसंघसहितका शक्तिशाली राष्ट्रहरू निरीह देखिएको आरोप लगाए । उनले कसैको पक्ष नलिई युद्धको विपक्ष र शान्तिको पक्षमा उभिन सबैलाई आह्वान गरे ।

पछिल्लो केही दिनयता मध्यपूर्वमा इजरायल र इरानबीचको युद्ध झनै चर्किएको छ । मानव अधिकारकर्मीहरूले युद्ध रोक, शान्ति कायम गर, युद्ध मानवताको अपमान हो लगायतका प्लेकार्ड समेत बोकेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise