२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

गुल्मी सेवा समाज कतारद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

shivam cement
तिलु शर्मा पौडेल
२०८२ असार ४ गते १७:२८
गुल्मी सेवा समाज कतारद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

दोहा कतार : गुल्मी सेवा समाज कतारले क्यान्सर रोगबाट ग्रसित बिरामीलाई आर्थिक सहयोग गरेको छ । समाजले जिल्लाको मदाने गाउँपालिका वडा नं. ३ सिर्सेनी निवासी क्यान्सर पीडित कमला परियारलाई १९ हजार ३ सय रुपैयाँ नगद सहयोग गरेको हो । समाज कतारको दशौं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकमा समाजका विभिन्न व्यक्तिहरूमार्फत संकलित रकम पीडितका श्रीमान् ईश्वरी अर्याललाई हस्तान्तरण गरिएको छ ।

अन्तरजातीय विवाह गरेका अर्यालले अपेक्षित सहयोग गाउँ टोलबाट पनि नपाएको गुनासो गरे । उनले  श्रीमतीको उपचारकै क्रममा आफू र परिवार ऋणमा डुबेको र आर्थिक अवस्था समेत कमजोर बन्दै गएपछि श्रीमतीको प्राण रक्षा गर्न सक्छु कि भन्ने झिनो आशा बोकेर रोजगारीका लागि कतार आइपुगेको बताए । साना दुई छोरालाई घरमा र बिरामी श्रीमतीलाई भरतपुर चितवन क्यान्सर हस्पिटलमा चटक्क छोडेर कतार आएका अर्यालले सहयोग रकम ग्रहण गर्दै थप सहयोगको अपेक्षा गर्दै श्रीमतीको प्राण रक्षाका लागि मध्यान्ह दैनिकमार्फत सबैसमक्ष याचना गरेका छन्  ।

यता समाजका अध्यक्ष मित्र बहादुर विक सुनार (मित्र बिएस)ले बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आवश्यक परेको स्थानमा समाजले विगतमा पनि सहयोग गरेको र भविष्यमा पनि निरन्तरता दिने बताए । बिरामीलाई प्रत्यक्ष सहयोग गर्न बिरामीका भाइ गोविन्द परियारको खातामा सिधै सहयोग गर्न सकिने व्यवस्था मिलाइएको छ । बिरामीका श्रीमान् ईश्वरी अर्यालको कतारको सम्पर्क नम्बर ९७४-७०८४४२८९ रहेको छ ।

बैंक विवरण :

साइन रेसुङ्गा विकास बैंक, बुटवल शाखा

खाता नं. : ००१००७००४०४०२६०००००१

गोविन्द परियार

मोबाइल नं. : +९७७-९८६३५७९२४१

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise