इमरान खान/मध्यान्ह
कपिलवस्तु : कपिलवस्तुमा नेकपा (माओवादी केन्द्र) का जिल्ला नेता दीपक पाण्डेको हत्यामा प्रयोग भएको पेस्तोल प्रहरीले बरामद गरेको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर १ आनन्दबाग स्थित कैलाश टोलका पूर्ण वीर पाल्पाली उर्फ मैसिनको घरबाट कटुवा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले मध्यान्हलाई जानकारी दिए ।
कटुवा पेस्तोल र दुई राउण्ड गोली सहित ३३ वर्षीय पूर्ण वीरलाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर १ बस्ने माओवादी केन्द्रका जिल्ला सदस्य पाण्डेलाई जेठ ५ मा ओम प्रकाश यादव र साकिर अलि पाखिया सहितको समूहले गोली हानेर हत्या गरेको थियो । हत्यापछि साकिरले आफूले चलाएको पेस्तोल पूर्ण वीरलाई राख्न दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies