२०८२ असार ६ गते शुक्रवार / Jun 20 , 2025 , Friday
२०८२ असार ६ गते शुक्रवार
Ads

युवकमाथि छुरा प्रहार

shivam cement
मनु यादव निरज
२०८२ असार ५ गते २२:०५
युवकमाथि छुरा प्रहार

सिरहा : सिरहाको गोलबजारमा एक युवतीेले युवकमाथि छुरा प्रहार गरेकी छन् । छुरा प्रहारबाट गोलबजार नगरपालिका १३ का २४ वर्षीय अशोक कुमार महतो घाइते भएका छन् । गोलबजार नगरपालिका ४ मा डेरागरी बसिरहेका उनलाई बिहीबार साँझ युवती कोठामै पुगेर घाँटीमा छुरा प्रहार गरेकी स्थानीयले बताएका छन् ।

गोलबजार नगरपालिका २ बस्ने १७ वर्षीया युवतीले वादविवादको क्रममा तरकारी काट्ने छुरा घाँटीमा प्रहार गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

घाइते युवकको स्थानीय भूमिजा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । स्थानीयका अनुसार दुबै जनाबीच प्रेम सम्बन्ध रहेको जनाइएको छ । 

ADV

सम्बन्धित खबर

Advertise