डोटी : डोटीको आदर्श गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ६ जना घाइते भएका छन् । दिपायलबाट आदर्श गाउँपालिका–७ दहकालिकातिर जाँदै गरेको सु प्र प्र ०१००१ ज१३९५ नम्बरको जिप शुक्रबार आदर्श गाउँपालिका–१ दोबाजमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
जिप मोडमा अनियन्त्रित भई सडकबाट अन्दाजी २५० मिटर तल खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
घाइतेहरूलाई उद्दार गरी जिल्ला अस्पताल डोटी लगिएकोछ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।