२०८२ असार ७ गते शनिवार / Jun 21 , 2025 , Saturday
२०८२ असार ७ गते शनिवार
Ads

अवैध जडिबुटी बोकेको गाडी प्रहरीको नियन्त्रणमा

shivam cement
कुलेन्द्र शाही
२०८२ असार ६ गते १९:०१
अवैध जडिबुटी बोकेको गाडी प्रहरीको नियन्त्रणमा

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थित बसपार्कमा प्रहरीले एक गाडीबाट ठूलो परिमाणमा अवैध जडीबुटी बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शुक्रबार बिहान ११ बजे भे. १ च. ३५९२ नम्बरको टाटा कम्पनीको गाडीलाई शंका लागि रोकेर चेकजाँच गर्दा झ्याउजस्तो देखिने अवैध जडीबुटी फेला परेको थियो । 

सो गाडीबाट बिना पूर्जी, बिल र बिजकको ३६ बोरा जडीबुटी फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए । उनले जडिबुटी संकलन, ढुवानी वा निकासी गर्दा अनिवार्य कागजातको आवश्यकता पर्ने भएकाले सो बिना ल्याइएको जडिबुटीलाई अवैध मानिएको हुँदा नियन्त्रणमा लिएको बताए । 

बरामद गरिएको जडीबुटीको तौल २ क्युन्टल ९१ केजी १०० ग्राम रहेको प्रहरीले जनाएको छ । नायब उपरीक्षक बुढथापाले  नियन्त्रणमा लिइएको जडिबुटी र गाडीलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय सुर्खेतमा बुझाइएको बताए ।

ADV

सम्बन्धित खबर

Advertise