२०८२ असार ७ गते शनिवार / Jun 21 , 2025 , Saturday
२०८२ असार ७ गते शनिवार
Ads

सिरहामा मोटरसाइकल र साइकल ठोक्किँदा ३ जनाको  मृत्यु

shivam cement
मनु यादव निरज
२०८२ असार ६ गते २१:१३
सिरहामा मोटरसाइकल र साइकल ठोक्किँदा ३ जनाको  मृत्यु

सिरहा : सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१००३प ३२३० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आइरहेको साइकल एकापसमा ठोक्किँदा गम्भीर घाइते भएका तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।

मृत्यु हुनेहरूमा सिरहाको कल्याणपुर नगरपालिका–२ बेल्हाका २४ वर्षीय प्रदीप मुखिया, कल्याणपुर–१२ का २२ वर्षीय नरेश मुखिया र सिरहा नगरपालिका–२ का ४५ वर्षीय कुसे राय रहेका छन् । राय साइकल यात्री हुन् । 

दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएको थियो । तर, चिकित्सकले सबैलाई मृत घोषणा गरेका थिए । मृतकहरूको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ, भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise