२०८२ असार ९ गते सोमवार / Jun 23 , 2025 , Monday
२०८२ असार ९ गते सोमवार
Ads

मोटरसाइकल चोरीको आरोपमा एक युवक पक्राउ

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ असार ९ गते १२:५९
मोटरसाइकल चोरीको आरोपमा एक युवक पक्राउ

रौतहट : पर्सा प्रहरीले मोटरसाइकल चोरीको आरोपमा रौतहटका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति फतुवा विजयपुर नगरपालिका–८, रौतहटका २७ वर्षीय छोटेलाल सहनी हुन् । उनी हाल बारा जिल्लाको बारागढी गाउँपालिका–८ मा बसोबास गर्दै आएका थिए ।

शनिबार साँझ करिब ५ बजे वीरगञ्ज महानगरपालिका–९, रानीघाटस्थित शंकरप्रसाद तेलीको घरअगाडि पार्किङ गरिएको मधेश प्रदेश ०३–०३६ प ८५१७ नम्बरको २०० सिसी क्षमताको कालो–रातो एनएस मोटरसाइकल चोरी भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका नायव उपरीक्षक किशोर लम्सालका अनुसार सार्वजनिक सडकको छेउमा पार्क गरिएको मोटरसाइकलको लक फोडेर चोरी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनापछि तत्कालै परिचालित प्रहरीको विशेष टोलीले घटनास्थलबाट करिब ४० मिटर पर मोटरसाइकल डोहोर्‍याउँदै गरेको अवस्थामा सहनीलाई नियन्त्रणमा लिएको हो ।

हाल सहनीलाई मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । अदालतबाट ५ दिनको म्याद थप गराइ सहनीविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालय पर्साले पछिल्ला दिनमा चोरी, डकैतीलगायत आपराधिक क्रियाकलाप नियन्त्रण गर्न निगरानी र गस्तीलाई थप कडा बनाएको जनाएको छ । प्रहरीले सवारी साधन सुरक्षित स्थानमा पार्क गर्न, आवश्यक सुरक्षा उपाय अवलम्बन गर्न र शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन नागरिकहरूलाई आग्रहसमेत गरेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise