रोल्पा : थबाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको निधन भएको छ । उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी स्थानीय तह निर्वाचन २०७४ र २०७९ मा नेकपा माओवादी केन्द्रबाट थबाङ गाउँपालिका–५ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।
घर्तीमगर केही समयदेखि बिरामी थिए । घर्तीमगरको निधनमा गाउँपालिकाले मंगलबार शोक विदा घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष ऋषिकेशब बुढामगरले एक सूचना सार्वजनिक गर्दै गाउँपालिकाभित्र सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।