२०८२ साउन २५ गते आइतवार / Aug 10 , 2025 , Sunday
२०८२ साउन २५ गते आइतवार
Ads

शालिन दौडमा सिटौला

shivam cement
जीवन शर्मा
२०८२ साउन २५ गते ०६:३५
शालिन दौडमा सिटौला

काठमाडौं : नेपाली कांग्रेसका ७ पूर्वपदाधिकारीहहरूबीच अनौपचारिक जमघटका नाममा बेलाबखत हुने संवादले कांग्रेसको आन्तरिक राजनीतिमा आगामी १५औं महाधिवेशनको नेतृत्वको चर्चा हुने गरेको छ ।  

वीपी, गणेशमान र  महेन्द्रनारायण निधीका पुत्रत्रय शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधीसहित पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला,पूर्वउपसभापति गोपालमान श्रेष्ठ,विजयकुमार गच्छेदार र पूर्वसहमहामन्त्रीसमेत रहेका कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतबीच ३ पटक सामुहिक छलफल भइसकेको छ ।  

उक्त छलफलले कांग्रेसको आन्तरिक राजनीतिक अवस्था, कांग्रेसकै मुख्य समर्थनमा बनेको सरकार सञ्चालनको कार्यशैली, पार्टीको १५औं महाधिवेशन र टिमको उम्मेदवारका बारेमा छलफल हुने गरेको छ । यसरी पार्टीका पुराना नेताहरूबीच सामुहिक संवाद चलिरहदा कांग्रेसका प्रभावशाली व्यक्ति राष्ट्रियसभा संसदीय दलका नेता सिटौलाले राजनीतिक बजारमा आफ्नो सक्रियतालाई देखिनेगरी बढाएका छन्  ।

१५औँ महाधिवेशनबाट नेतृत्व परिवर्तन पक्का भएसँगै कांग्रेसमा तेस्रो धारको नेतृत्व गरिरहेका नेता सिटौलाको सक्रियतालाई लिएर पार्टीभित्र बहसको विषय बनेको छ । उनले संस्थापन समूहका नेता एकीकृत गर्नेदेखि आफ्नो समूहको भेला राखेर परामर्श थालेका छन् । पार्टी विधानअनुसार शेरबहादुर देउवालाई तेस्रो कार्यकालका लागि सभापति बन्ने सुविधा छैन् । यो परिस्थितिमा सिटौलालाई पनि सभापतिको एक महत्वपूर्ण पात्रका रूपमा हेर्न थालिएको उनी निकटका नेताहरूले दाबी गर्दै आएका छन् ।  

गत साता उनले कांग्रेस बिटमा समाचार लेख्ने पत्रकारहरूलाई बोलाएर आफ्नो धारणा सार्वजनीक गरेका थिए । त्यसबेला भएको अनौपचारिक कुराकानीमा उनले आगामी पार्टी नेतृत्वको तयारी गरेको बताएका थिए । ‘मैले १४औं महाधिवेशनदेखि संस्थापन पक्ष (देउवा समुह)लाई सहयोग गर्दै आएको हो’, उनले भनेका थिए ‘ विधानत अब शेरबहादुर देउवा सभापति बन्ने व्यवस्था छैन, उहाँले आफूलाई सहयोग गरेका साथिहरूलाई त इमान्दारीकासाथ सम्झनुहुन्छ होला ।’

यो अभिव्यक्तिले सिटौला अहिले देउवाको साथ खोज्दै छन् । तर, सभापति देउवाले आफ्नो कार्यकाल पश्चात संस्थापन समुहबाट कसलाई सभापति अघि सार्ने भन्ने संकेत कुनैपनि नेतालाई दिएका छैनन् । देउवाको मौनता तोड्दै आफ्नो समुहको नेता कसलाई बनाउने भन्ने बचन बद्धता गराउन सिटौलासहित प्रकाशमा सिंह, डा शशांक कोइराला, विमलेन्द्र निधी, वियजकुमार गच्छेदार, गोपालमान श्रेष्ठ र  डा. प्रकाशशरण महतले निरन्तर प्रयास गरिरहेका छन् ।

तर, आफूू प्रधानमन्त्री भएपछि मात्रै पार्टीको महाधिवेशन गर्ने योजनाकासाथ मौन रहेका देउवालाई अहिले नै कुनै एक नेतालाई बचन दिँदा अरू नेताहरू टाढीने भय छ । देउवाको आर्थिवाद पाएर आगामी नेतृत्वमा  पुने आशा बोकेर हिडेका छन् । यी मध्य नेतृत्वका लागी देउवा समुहबाट सबै भन्दा बलियो र सबै नेताहरूलाई मिलाएर लानसक्ने क्षमता सिटौलाले नै राख्छन् । १५औं महाधिवेशनमा सभापतिको तयारीसहित देश दौडाहामा रहेका डा.शेखर कोइरालाको जस्तै सिटौलाले सार्वजनीकरूपमा आफै सभापति उठ्ने घोषणा गरेका छैनन् । यद्यपी उनी पर्दा पछाडी बसेर सभापतिको पूर्ण तयारीमा रहेको उनी निकटका नेताहरूले बताएका छन् । 

यसअघि सिटौलाले निवासमै बोलाएर आफ्ना समुहका नेताहरूसँग छलफल चलाएका थिए ।  छलफलमा केन्द्रीय सदस्यहरू शिवप्रसाद हुमागाईं, कुन्दन काफ्ले, कोशी प्रदेश मन्त्री भूपेन्द्र राई, पूर्वमन्त्री भीमसेनदास प्रधान, बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठ, गण्डकी प्रदेश सांसद जित शेरचन र तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनलगायत नेताहरू सहभागी थिए ।  

छलफलले संस्थापन पक्षका राजनीतिक गतिविधि प्रभावकारी ढंगले अघि बढाउनुपर्ने र महाधिवेशन केन्द्रित गतिविधिलाई पनि सँगै लाने विषयमा विषयमा छलफल हुने गरेको सिटौला निकट मानिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले बताए । सिटौलाकै अग्रसरतामा पार्टी संस्थापन समूहको भेलाको हुँदै आएको छ । सिटौलाकै पहलमा दसौँ महाधिवेशनदेखि देउवालाई निरन्तर सहयोग गर्दै आइरहेका पूर्वपदाधिकारीदेखि वर्तमान पदाधिकारी र केन्द्रीय सदस्यको देउवानिवासमा जमघट भएको थियो । 

लामो समय मौन रहेपनि पार्टीभित्र १५औँ महाधिवेशनको तयारी बढ्दै गर्दा नयाँ भूमिकासहित सक्रियता बढाएका सिटौलालाई पछिल्लो पटक पार्टीले संविधान संशोधनका लागी आवश्यक छलफल र समन्वय गर्न संयोजकको भूमिका दिने तयारी नै गरेको छ । उनले उक्त जिम्मेवारी पाए आगामी पार्टी नेतृत्वकालागी देउवाका दाहिना हुनसक्ने नेताहरूले आंकलन गरेका छन् ।  कांग्रेसमा देउवापछि योगदान र सबैलाई समेटेर जान सक्ने पात्रका रूपमा नेता सिटौलालाई हेरिन्छ । सिटौला कांग्रेसको आन्तरिक र अन्य दलसँग समेत समन्वय गर्न सक्ने स्वीकार्य पात्रका रूपमा हेरिन्छन् । 

नेपालको शान्ति प्रक्रियामा उनको महत्वपूर्ण भूमिका छ । १२औँ महाधिवेशनपछि तत्कालीन सभापति सुशील कोइरालाले सिटौलालाई कांग्रेसको महामन्त्री मनोनीत गरेका थिए । त्यसपछि भने उनी पार्टीको पदाधिकारीको जिम्मेवारीमा गएका छैनन् । तर, कांग्रेसमा तेस्रो धारका रूपमा सिटौलाले पार्टीमा पकड राख्दै आएका थिए । अहिले देउवा समुहमा पूर्णबहादुर खड्का, कृष्ण सिटौला, शशांक कोइराल, प्रकाशमान सिंह, विमलेन्द्र निधी, गोपालमान श्रेष्ठ मध्य उत्तराधिकारी को बन्ने भन्ने लडाइ चलिरहको छ । 

संस्थापन इतर समुहमा पनि डा. शेखर कोइराला १५औं सभापतिका लागी लागेका छन भने उनको समुहका महामन्त्री गगन थापा कोइरालालाई छाडेर आफै सभापतिको उम्मेदवार बन्नेगरी आन्तरिक तयारीमा लागेका छन् । पार्टीभित्रको राजनीतिक सक्रियता बढाएका नेता सिटौलाले संस्थापन समूहका नेता एकीकृत गर्नेदेखि आफ्नो पुरानो समूहका नेतासहित इतर समुहबाट समेत नेताहरू तानेर  आगामी नेतृत्वका लागी आफ्नो पक्षमा बलियो आधार तयार गर्ने योजनामा छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise