काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई बुख्याँचासँग तुलना गरेका छन् । बुटबलमा आयोजित कार्यकर्ता भेलामा उनले वर्तमान सरकारले बुख्याँचा जत्तिको पनि काम गर्न नसकेको टिप्पणी गरे । उनले बुख्याँचाले अन्नबाली खान आउनेलाई तर्साउने तर वर्तमान सरकारले त त्यती पनि गर्न नसकेको बताए ।
एमालेको सही नेतृत्व र विचारले नेपालमा कम्युनिष्ट आन्दोलन सफल हुने ओलीको दाबी थियो । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा मुलुकले लिएको र त्यसको सफलता एमालेको नेतृत्वबिना नहुने उनको भनाइ थियो ।
त्यस्तै एमालेका उपमहासचिव विष्णु पौडलले पुष्पकमल दाहाल र माधव नेपालले शुरूमा नेकपा र त्यसपछि एमाले कब्जा गर्न असफल भएपछि कांग्रेसको पछि लागेको टिप्पणी गरे ।
पौडेलले सत्तारुढ गठबन्धनलाई एमाले एक्लैले चुनावमा पराजित गर्न ल्याकत राख्ने बताए । अर्का उपमहासचिव घनश्याम भुसालले एमाले अहिले अफ्ठ्यारो अवस्था भएपनि आत्तिहाल्न अवस्था नभएको बताए ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले एमाले र केपी ओलीविरुद्धको महागठबन्धनलाई चुनावबाटै परास्त गर्ने बताए । रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतालाई व्यक्तिगत फाइदाको लागि उपयोग गर्न खोजेको आरोप लगाए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies