२०८२ भदौ ५ गते बिहिवार / Aug 21 , 2025 , Thursday
२०८२ भदौ ५ गते बिहिवार
Ads

अझै फेला परेनन् जाजरकोट स्यालीखोलाबाट बेपत्ता महेन्द्र

shivam cement
कुलेन्द्र शाही
२०८१ साउन ४ गते २१:०६
अझै फेला परेनन् जाजरकोट स्यालीखोलाबाट बेपत्ता महेन्द्र

सुर्खेत : जाजरकोटमा खोलाले बगाउँदा बेपत्ता भएका बालक अझै फेला पर्न सकेका छैनन् ।

बिहीबार दिउँसो तीन बजेको समयमा बारेकोट गाउँपालिका–३ बुढागाउँ बस्ने भक्तबहादुर बुढाका १३ वर्षीय छोरा महेन्द्र बुढा गाइवस्तु चराउन गएको बेलामा स्याली खोलाले बगाउँदा बेपत्ता भएका थिए । तर उनी अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

‘निरन्तर बारेकोटमा पानी परिरहेको छ । त्यसले गर्दा खोजिकार्यमा केही समस्या भएको छ’ जिल्ला प्रहरी कार्यालय जाजरकोटको प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तम पाण्डेले मध्यान्हसँग भने ‘तर पनि हामीले खोजिकार्य जारी राखेका छौं ।’

ADV

सम्बन्धित खबर

Advertise