२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

दोलखा भिमसेनलाई आयो पसिना

ADV
राजकुमार भुजेल
२०८१ साउन ५ गते १६:५९
दोलखा भिमसेनलाई आयो पसिना

दोलखा : दोलखाको भिमेश्वर मन्दिरमा पसिना आएको छ । आज दिउँसो करिब १ बजे ४७ मिनेटदेखि भिमसेनको शिलामा पसिना आएको हो ।

भिमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितिका अनुसार शिलाकाे बाँयापट्टी निरन्तर पसिना आइरहेको छ । शिलामा पसिना आउँदा मुलुकमा ठूलो अनिस्ट हुने विश्वास गरिँदै आएको छ भने शिलालाई साक्षात भविष्य सूचक मानिदै आएको छ । शिलामा आएको पसिना कपासले पुस्ने र खाममा हालेर राष्ट्रपतिसामु पुर्‍याउने चलन पनि छ ।

मन्दिर परिसरमा अहिले भक्तजनकाे भीड लागेकाे छ । पसिना आएको खबरलगत्तै जिल्ला प्रशासन, प्रहरी, नेपाली सेनालगायतका प्रमुख तथा प्रतिनिधि मन्दिरमा पुगेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise