– किशोर कोइराला, सुनसरी
गोमनको विष वमन बेग्लै, हो व्यापार बेग्लै ।
बिच्छी पाल्नेहरू बेग्लै, कारोबार बेग्लै ।
वासन्तीमा फुलेका कोमल ती फूल भित्र,
ईष्र्या सौन्दर्यको बेग्लै तीखो धार बेग्लै ।
आगो खाएर बाँच्ने मान्छेको तिर्सनामा,
भोकाएको सकस बेग्लै, हो उद्दार बेग्लै ।
जनताको नाम जप्दै नेता बन्ने हरूको,
कुर्सीको मोहनी बेग्लै, हो सरकार बेग्लै ।
के हो वात्सल्य सायद आत्माले भन्न सक्ला,
आमाको चाहना बेग्लै, घर परिवार बेग्लै ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies