– मन्जु शर्मा, खर्साङ्ग, भारत
रिमा शर्माको बिहे भएको लगभग दुई वर्ष जति भएको थियो । उनको पिता ओमकुमार शर्मा मेद्नीपुर जिल्लाको चर्च रोडको पुरानो अनि सफल व्यापारी हुन् । आफूले राजकुमारी झै जतन गरेर राखेकी छोरीलाई बिदा गर्नुपर्दा उनको मन असाध्यै रोएको थियो ।
तर पनि ज्वाइँको परिवार राम्रो ससुरा सरकारी अवकाश प्राप्त कर्मचारी, ज्वाइँ नानि कुनै ब्याङकको म्यानेजर फेरि उनीहरु नि व्यापार गर्दा रहेछन् । सबै पक्ष हेर्दा राम्रै लागेर एमएको अध्ययन भखरै सकेकी आफ्नी होनहार छोरीलाई त्यस परिवारको जिम्मा लगाएको थिए ।
हरिप्रसादका सुपुत्र उमेशप्रसादको जसको घर दार्जिलिङ्गको डालि फाटक मुनि रहेछ । घरमा ज्वाइँको दुई बहिनी पनि रहिछ्न । जुन कलेज पढने लगभग रिमाकै उमेरको हुनुपर्छ ।
रिमाको पिताले छोरीलाई कुनै प्रकारको हेलाहोचो नहोस् भनेर बिदाइमा धेरै रुपैयाँ र सुनहरु दाइजो दिएका थिए । रिमालाई भने अहिले बिहे गर्ने मन थिएन । उनी जीवनमा केही गर्छु भन्ने सोंच्थिन् । तर, छोरीको जात एकदिन बिहे गरेर अरुको घर जानै पर्छ । फेरि केटा र परिवार राम्रो छ भनेर बाबुले सम्झाउँदा मात्रै विवाह गर्न राजी भएकी थिइन् ।
बिहे भएको पहिलो तीन महिना त राम्ररी नै बिते । तर, त्यसपछि भने सबै सदस्यहरुको उनी प्रतिको व्यवहारमा परिवर्तन हुँदै गयो । उनको गरगहनाहरु सबै खोसिए, उनलाई घरदेखि बाहिर जान दिइएन । खाना पनि भनेजस्तो दिन छोडियो । उनको मोबाइल फोन पनि खोसियो । माइतीमा फोन गर्नु पनि लुकाई छिपाई गर्नुपर्ने भयो । भनौ भने एकप्रकारले उनी घरमा कैदी जस्तै भइन् ।
प्रत्येक चाडपर्व र अरु धेरैवटा कुरामा सबै घरका सदस्य भेला हुन्थे, खाना खान्थे, घुम्न जान्थे । तर, रिमालाई त्यो सबै गर्न अधिकार थिएन । खाली काम गर्नु, भाडा माझ्नु, अनि कोठामै बसिरहनु पथ्र्यो । उनलाई हुनसम्मको अचम्म लागेको थियो । किनकि, उनीहरुले उनलाई बुहारी होइन नोकर भित्राए झँै गर्थे ।
कुनै बेला मौका पारेर फोन हात लागेर उनले माईतमा फोन गर्न खोजिन् भने हातबाट उनको फोन खोसेर उनीहरु नै कुराकानी गर्दै भन्थे, ‘हजुरकी छोरी रिमालाई हामीले बुहारी होइन छोरी झै राखेका छौ ।’
दिनहरु बित्दै गए । दिनसँगै रिमामाथिको अत्याचारहरु झन् झन् बढदै गए । कुनै दिन माइतीबाट कोही आइहालेमा पनि रिमाले केही भन्नै नपाउने अवस्था बन्यो । प्रत्येक क्षण नै उनीहरुको नजर रिमामाथि थियो । आखिर के गल्ती थियो उनको ? त्यस घरमा पनि त दुई छोरीहरु छिन् । उनी मनमनै यस्तै कुराहरु मनमा खेलाउदै उदास भएर टोलाई रहन्थिन् ।
उनको जोसँग बिहे भएको छ । उ बैंकको म्यानेजर त नाटक रहेछ भन्ने कुरा त उनले आउने बित्तिकै थाहा पाएकी थिइन् किनभने नोकरी गर्ने मान्छे त्यसरी घरमा कहिले बस्दैन । तर, उनलाई आखिर किन यिनिहरुले बिहे गरेर ल्याए त ? फेरि यति धेरै यातना किन ? भन्ने प्रश्न त घुमीरहेको बेला उनले एक्कासि भित्रबाट आवाज सुनिन, ‘सिलिगुडीमा एउटा ठूलो फ्लाट किनेर गाडी किन्ने, होटेल खोल्ने कत्रो सपना थियोे ? यो उमेशको बिहेमा पाईएको दाईजोबाट, तर ! त्यस्तो धनी भएर पनि त्यसले केही दिएन । साला ! अब हामी अझै धेरै पैसा माग्नुपर्छ ? नत्र यसलाई मारेर अर्को धेरै दाइजो दिने खानदानी केटी हेरेर बिहे गर्नुपर्छ । जसले हाम्रो सपना साकार होस् ।’ यो शब्दहरु सुनेर रिमाको छातीमा आगोले पोलेको जस्तै भयो । धर्ती सबै काम्न थाल्यो । उ उभिन नसकेर त्यहि बेहोश भएर ढ्ली ।
अचानक आफ्नो जिउमा पानी पर्दा मात्रै उनको होस् आयो । होस् आउँदा त सबैजना वरिपरि परि बसेर उनलाई घेरिरहेका रहेछन् । उनलाई कता–कता हो डरको लाग्न थाल्यो । उनको कानमा ससुराको आवाजहरु गुञ्जिरहको थियो, ‘यसलाई मारेर अर्को खानदानी केटी बिहे गर्नुपर्छ ।’ जसले हाम्रो सपना अर्थात् यिनीहरु अरुको सम्पतीले आफ्नो सपनाहरू पूरा गर्ने लालचले भरिएको परिवार रहेछ । समयसँगै रिमाले सबै कुरा छर्लङ्ग बुझिन् ।
यसरी नै दिनहरु बित्दै जाँदै थियो । एकदिन घरमा कोहि नभएको बेला रिमाले फोन फेला पारिन् अनि सारा वृतान्त कुराहरु दाजुलाई म्यासेजमार्फत् लेखिन्, चाँडोभन्दा चाँडो आफुलाई यस नरकबाट मुक्त गर्ने बिन्ती पनि गरिन् । तर दाज्युले म्यासेज हेरेर घरपरिवारको सामान्य झगडा होला भनेर त्यति महत्व दिएनन् ।
बेलुका सारा परिवार भेला भएपछि रिमाले माइतिमा पठाएको म्यासेजबारे सबैले थाहा पाए । अब रिमाविरुद्ध षड्यन्त्र गर्ने उनीहरुले योजना बनाउन थाले । हुँदाहुँदा एकदिन यस्तो कालो दिन पनि आयो । जुनदिन रिमाको ज्यान गयो । सबै परिवारले योजनामा आफुहरु घर बाहिर बसेर ग्याँस लिंक गरेर बिस्फोट गराएर उनको हत्या गरियो । अनि आत्महत्याको नाम दिएर माइती पक्षलाई खबर गरियो अस्पताल लगेको बाहना पनि बनाइयो ।
तर एक हप्ता अघि रिमाले पठाएको म्यासेजको आधारमा परिवार पक्ष आज पनि विभिन्न संघ र संस्थाहरु मार्फत् रिमालाई न्याय दिलाउन हारगुहार गरिरहेका छन् । साथै भविष्यमा फेरि अरु कुनै चेलिबेटिको यस्तो दुर्दशा नहोस् भन्ने पनि रिमाको बुबाको बिन्ती छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies